२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १९, २०७८

काठमाडौं – आफ्नै श्रीमतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा ती महिलाका श्रीमानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने पीडित महिलाका श्रीमान र अर्का नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का पासाङ तामाङ छन्। उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।पाँच वटा छोराछोरी समेत भएकी श्रीमतीलाई श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिएर पासाङ तामााङको जिम्मा लगाएका थिए। पासाङले बालाजुको होटलमा काम लगाइदिने भन्दै एक महिलालाई ती महिलाको जिम्मा लगाएका थिए। पासाङबाट जिम्मा लिएकी महिलाले पीडित महिलालाई होटलमा काम लगाइदिने र मासिक १० हजार रुपैयाँ दिने बताएकी थिइन्। ती महिलाले पनि पीडित महिलालाई एक पुरुषमार्फत् भारत पुर्‍याएकी थिइन्।

भारतमा नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएर ३ दिनसम्म राखिएको थियो। त्यसपछि उनलाई आग्रामा लगेर एक कोठीमा ८ महिनासम्म बेश्यावृत्तिमा लगाइएको पाइएको छ।

पछि भारतस्थित नेपाली दूतावास र शक्ति समूहको सहयोगमा गत जेठ ३१ गते महिला नेपाल फर्केकी थिइन्। पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]