२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन १८, २०७८

सुनसरी – आइतबार साँझ इभिनिङ वाकमा हिँडेकी एक महिलामाथि जबर्जस्ती करणी गरेको छ ।

सुनसरीको इटहरी-८ भुर्कीमा ६ जना युवाको समूहले ३० वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको उजुरी इटहरी प्रहरीमा परेको छ ।बलात्कारपछि पीडितको उजुरीको आधारमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिसकेको छ भने एकजना फरार भएका छन् ।

पीडित महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार युवाहरूले कुटपिट गरी धानबारीमा लगेर जबरजस्ती करणी गरेका हुन् ।उनीहरूले २ तोला ४ आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजारसमेत लुटेर भागेको ती महिलाको भनाइ छ ।इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए ।

पक्राउ परेकामध्ये ४ जना १८ वर्षमुनिका किशोर भएको र १ जना २७ वर्षीय युवा रहेको केसीले जानकारी दिए । इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई भने प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एक जनाको खोजी कार्य भइरहेको डिएसपी केसीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]