१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – कोरोना भाइरस (कोभिड १९) ले सामान्यत: बालबालिका तथा ज्येष्ठ नागरिकमा सहजै संक्रमण हुने गर्छ ।

प्रदेश २ का विभिन्‍न जिल्लामा संक्रमित भएकाहरुको उमेर समूह हेर्दा जवान व्यक्तिहरुमा नै बढी संक्रमण फैलिएको देखिन्छ ।प्रदेशस्थित स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शुक्रबारसम्म यस प्रदेशमा १६ हजार ५ सय ८४ जना संक्रमित भएका छन् । तीमध्ये १० वर्षमुनिका जम्मा २ प्रतिशत बालबालिकाहरुमा संक्रमण देखिएको छ । १० वर्षमुनिका ३८६ जना बालबालिका संक्रमित छन् ।११ वर्षदेखि १९ वर्ष उमेर समूहका एक हजार सात सय ९५ जना अर्थात् ११ प्रतिशत संक्रमित भएका छन् भने २० वर्षदेखि ५९ वर्ष उमेर समूहका १३ हजार १६० जना अर्थात् ७९ प्रतिशत संक्रमित छन् । ६० वर्षभन्दा बढी उमेरका ६ प्रतिशत अर्थात् ९ सय ७४ जना संक्रमित भएका छन् । तथ्यांकअनुसार कुल संक्रमितमध्ये २ सय ६९ जना अर्थात् १ दशमलव ६२ प्रतिशत संक्रमितको उमेर समूह खुल्न सकेको छैन ।

प्रदेश २ मा अहिलेसम्म दुई हजार आठ सय ७७ जना महिला र १३ हजार सात सय सातजना पुरुष गरी १६ हजार पाँच सय ८४ संक्रमित भएका छन् । तीमध्ये एक सय ९० जनाको मृत्यु भइसकेको छ भने १५ हजार ६ सय ५६ जना कोरोनामुक्त भएको निर्देशनालयको तथ्यांकले पुष्टि गर्छ । तथ्यांकअनुसार शुक्रबार यस प्रदेशका सबै (८) जिल्लामा गरी ७६४ जना सक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]