
सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्क नजिकबाट ३३ किलो जंगली बँदेलको मासुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेको प्रहरीले जनाएको छ ।स.१ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
बरामद मासुसहित उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।