०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन १३, २०७८

धनुषा – धनुषामा चोरीको मोटरसाइकलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प क्रा उ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ सोनीगामाका १९ बर्षिय मम्ताज मन्सुरी र सोही ठाउँका २० बर्षिय रमेश कुमार महरा रहेका छन् । उनीहरुलाई मंगलवार बिहान १० चो रीको मोटरसाईकल सहित प क्रा उ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए । मंगलवार विहान ३ बजे स्थानीय ३० वर्षिय बेचन मुखियाको आफ्नै घरको आंगनबाट प्र.२–०२–००२प–००८५ नम्बरको टिभिएस कम्पनीको स्ट्राइकर मोटरसाईकल चो री भएको थियो ।

प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको मोटरसाईकल धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजार स्थित रहेको स्थानीय वर्कसपमा विक्री गर्न खोजीरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोलीले प क्रा उ गरेको हो । पछिल्लो समय धनुषामा मोटरसाइकल चोरीको घटना ह्वात्तै बढेको छ । तर अधिकांश चो री हुने मोटरसाइकल फेला पर्ने गरेका छैन ।

प क्रा उ परेका दुवैजनालाई मोटरसाइकल सहित चोरी मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रनि सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]