११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन १३, २०७८

रौतहट – रौतहटबाट ठूलो परिणाममा प्रतिबन्धित पटाकासहित एक र अन्य मुद्दाका फरार दुई जना पक्राउ परेका छन् ।

ठूलो मात्रामा प्रतिबन्धित पटाकासहित सर्लाहीको पर्सा गाउँपालिका–४ का २५ वर्षीय संजित साहलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६३४१ नम्बरको बसमा चेकजाँचको क्रममा साहलाई पटाकासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनले ब्यागमा लुकाई राखेको एक लाख ६२ हजार ४८४ रुपैयाँ बराबरको बिष्फोटक पदार्थ पटाका बरामद भएको प्रहरीको भनाइ छ ।

उनलाई विष्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी रौतहट जिल्ला अदालतको २०७३ साल असार २८ गतेको फैसलाले चोरी मुद्दामा २ जनालाई दोषी ठहर गरी जनही एक महिना कैद र ८५ हजार जरिवाना गरेकोमा फैसलापछि फरार चन्द्रपुर नगरपालिका–५ बस्ने वर्ष २८ का करण चौधरी र सोही ठाउँका वर्ष २३ का अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई कैद तथा जरिवाना भुक्तानीका लागि मंगलबार रौतहट जिल्ला अदालत, गौरमार्फत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]