नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक १२ बजे बस्ने भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि बैठक बिहान ९ बजे बस्ने भनिएको थियाे । प्राविधिक कारणले बैठक तीन घण्टा पछि सरेको माओवादीले जनाएको छ ।