२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ११, २०७८

गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मीचौर वडा कार्यालय र त्यस वरिपरिका घरमा चोरी भएको छ । आइतबार राती अज्ञात व्यक्तिहरुको एक समूहले वडा कार्यालय र घर तोडफोड गरि नगद तथा जिन्सी चोरी गरेका हुन् ।

वडा कार्यालयसहित स्थानीयवासीका घरहरु तोडफोड गरि चोरी भएको वडाअध्यक्ष ठानीस्वर पाण्डेले पुष्टि गरे । उनका अनुसार वडा कार्यालय तोडफोड भएपनि कम्प्युटर र ल्यापटप सुरक्षित रहेका छन् । वडा कार्यालयमा रहेका अन्य सामाग्री चोरी भएको पाण्डेले बताए । वडा कार्यालयबाट के–के सामाग्री चोरी भयो भन्ने विस्तृत विवरण आउने भने बाँकी छ । यता, स्थानीय रविन्द्र पाण्डेको घरबाट नगद २२ हजार र मोवाइल चोरी भएको छ । त्यस्तै रुक्माङ्गत पाण्डेको घरबाट पनि २० हजार नगद चोरी भएको जनाइएको छ । सोही टोलका बिष्णु पाण्डे, डिल्लीराम पाण्डे र पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा अध्यक्ष पाण्डेले बताए ।

विष्णुको पसल चोरी भएको उनले जानकारी दिए । वडाअध्यक्ष पाण्डेका अनुसार सो टोलमा रहेको गणेश मन्दिरको दान पेटिका समेत चोरी भएको छ । घटनास्थलमा पुर्तिघाट प्रहरी चौकी र रिडी ईलाका प्रहरी चौकीको टोली पुगेको र घटनाको विस्तृत विवरण संकलन गरिरहेको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]