११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०८, २०७८

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा छन् ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परेका थिए ।

अधिकारीका अनुसार फरार १० मध्ये निज लामा पक्राउ परी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएका हुन् । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]