२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०८, २०७८

गण्डकी – गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा भ्रमण गरेको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले जानकी मन्दिरदेखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटनमा जोड दिएको छ ।

धार्मिक, सांस्कृतिक, पुरातात्विक संस्कृतिहरूको आदान प्रदानका सम्भावन बढाउन पनि दुवै प्रदेश सरकार सहमत भएका छन् ।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको र नाट्टा प्रदेश नं २ को आयोजनामा बिहीबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृषणचन्द्र नेपाली पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा पाँच बुँदे अन्तप्रदेश समझदारी घोषणा गरिएको छ ।समझदारीमा अन्तरप्रदेशबीच पर्यटकीय गन्तव्यको पहिचान, संवद्र्धन र प्रचारप्रसार बढाउने, दुवै प्रदेशबीच सीधा हवाई सेवाको निरन्तरताका साथै जनकपुर–पोखराको हवाई सेवा विस्तारमा जोड दिने लगायत रहेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले देशमा संघीयता ल्याउन मधेस आन्दोलनको विशिष्ट योगदान रहेको बताए । उनले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको कार्यान्वयनमा केन्द्रीकृत मानसिकता बाधक रहेको बताए । संघ सरकारको व्यवहार र सोचमा परिवर्तन आवश्यक रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेश २ र गण्डकी प्रदेशबीच हवाई सेवाका साथै सडक यातायात सञ्जाललाई व्यस्थित गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]