सिरहामा लागू औषध मुद्दाका एकजना फरार अपराधी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं.१९ बस्ने २८ वर्षीय अमृत कुमार साह रहेका छन् ।
साह लाइ बुधबार लहान नगरपालिका वडा नं.१९ स्थितबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।
साह लाइ फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सिरहामा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साह लाइ दुई बर्ष कैद र एक लाख जरिवाना तोकिएको जनाएको हो ।