११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफु समाजवादी क्रान्तिका लागि ज्यान छोडेर हामफालेको बताएका छन् ।

वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले हिजो पनि आफु पटक–पटक हामफालेको भन्दै अब एकचोटी सच्चिएर समाजवादी क्रान्तिका लागि हाम फाल्ने बताएका हुन् ।‘मत एकचोटी फेरि हाम्फाल्छु, हिजो जनयुद्धमा हामफालेँ, अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ, त्यसपछि संविधान बनाउन र पार्टी एकतामा हामफालियो । अब फेरि समाजवादी क्रान्तिको निम्ति म चाहीँ हामफालेँ फालेँ अब’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको भनाइ छ । उनले पहिला आफैलाई करेक्सन गर्दै जाने पनि बताए । ‘सबैले अरुले विगार्यो, यो फटाहा हो भन्नुभन्दा मैले के बिगारेँ भनेर सोच्न थालियो भने त्यहीबाट रुपान्तरण सुरु हुन्छ’ प्रचण्डले माओवादी नेता कार्यकर्तालाई सच्चिन आग्रह गर्दै भने, ‘भ्रष्टाचार गरिएको छ, ठगठाग खुब गरिएको छ । ठेक्कापट्टा पाउन मरिहत्ते, कमिसन खान मरिहत्ते गर्ने अनि म बिग्रेको छैन भन्ने प्रवृत्ति बढेको छ ।’ प्रचण्डले यसो भनेपनि माओवादी पार्टी क्रान्तिकारी नहुने पनि बताए ।

‘म अब बन्छु भनेर सुरु गरियो भने सबै बन्छन् । त्यसपछि क्रान्तिकारी पार्टी बन्छ । त्यसो भएर म चाही हामफालेँ अब । कति वर्ष बाँचिन्छ । पुरै ज्यान छोडेर समाजवादी क्रान्तिका निम्ति युवाहरुको नेतृत्व गर्छु म’, प्रचण्डको दावी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]