२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०६, २०७८

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन्। महाधिवेशन र मन्त्रिपरिषद् विस्तार लगायतका बिषयमा बैठक बोलाइएको कांग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए।

बुधबार दिउँसो तीन बजे देखि बैठक प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ। सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्तमा सहमति भएको छ। गठबन्धनले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको शर्माले बताए। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।डा. खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन्। सरकार गठन भएको करिब २ महिनापश्चात् सरकारले परराष्ट्रमन्त्री मात्र तोक्न सफल भएको छ। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।

कांग्रेसभित्रै पनि १३ जिल्लाको क्रियाशील सदस्यताको सूची निस्कन नसक्दा वडा अधिवेशन पनि प्रभावित बनेका छन्। यस बिषयमा पनि कांग्रेसको पदाधिकारी बैठकमा छलफल हुने र नयाँ मिति तोकिने प्रवक्ता शर्माले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]