२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – साउदी अरेबियामा कोभिड १९ का कारण हालसम्म ८८ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादका अनुसार ७२ जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १६ जना गरी ८८ जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो। दुतावासले चार्टड उडानबाट २ सय ८ शवहरु समेत पठाएको छ।

साउदीस्थित नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेक १ हजार २ सय ८८ जना नेपालीलाई वहिर्गमन भिषा जारी गरेको छ भने दुतावासले पासपोर्ट नविकरणको लागी आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरणसहित अनलाइन फारमको व्यवस्था गरेको छ । साउदी अरेबियामा कोरोना भाइरसको असरले गर्दा स-साना तथा मझौला कम्पनी बन्द हुने अवस्था रहेकाले नेपाली कामदार स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ। हालसम्म कोभिड १९ को असर लगाएत अन्य कारणले अलपत्र परेका २० हजार ३ सय ६ जना नेपाली चार्टड उडान द्वारा स्वदेश फिर्ता भएका छन्।

साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ५६ हजार ३ सय ८९ जना संक्रमित हुनुको साथै ५ हजार ८ सय ४० जनाको मृत्यु भएको छ भने ३ लाख ४५ हजार २ सय १५ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]