२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

बुटवल – कोभिड महामारीका कारण बन्द रहेको सीमाबाट नेपाल प्रवेश गराउने भन्दै भारतीय पर्यटकसँग घुस लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि भारतबाट आएका पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहिया स्थित गुजरात ट्राभलको कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत हबलदारलाई नियन्त्रणमा लिएको हो। गुजरात ट्राभल्स मार्फत आइतबार भारतबाट काठमाडौंमा पशुपतिनाथ मन्दिर जान नेपाल आएका ८ जना पर्यटकको समूहलाई सीमा बन्द भएकाले ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनु पर्छ भन्दै प्रति व्यक्ति ५ सय भारु माग गरेका थिए। त्यसपछि पर्यटकहरुले ४ हजार भारु बुझाएर नेपाल प्रवेश गरेका थिए। घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार अबेर राति गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता र ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्की चन्द्र लोहारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको ईलाका प्रहरी कार्यालय बेलहियामा प्रमुख प्रहरी निरिक्षक नविन पौडेलले बताए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले घुस लिएको खबर आउना साथ गुप्ता र लोहार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]