१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

जनकपुरधाम – प्रदेश २ मा अझ पनि नेपाली काँग्रेसको क्रियाशिल सदस्यता सम्वन्धि विवाद समाधान नभएपछि आज मंगलवार हुने भनिएको अधिवेशन नहुने भएको छ ।

काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले नै सभापतिमा उम्मेदवारीको घोषणा गरेपछि वर्तमान सभापति शेरवहादुर देउवा र अन्य सभापतिका उम्मेदवारहरु निधिलाई चेपुवामा पार्नका लागि प्रदेश २ को विवाद समाधान तिर ध्यान नदिएको बताइएको छ। सबै जिल्लाका अधिवेशन सम्पन्न गरि प्रदेश २ को अधिवेशन गर्ने योजनामा शिर्ष नेताहरु रहेको श्रोतको दाबि छ । उनीहरु सवै जिल्लाका अधिवेशन सकाएर प्रदेश २ मा केन्द्रीत भई निधिलाई कमजोर पार्ने योजना बनाएको स्रोतको दावी रहेको छ। काँग्रेसको १४औ अधिवेशनकालागि वडा तह देखि नै अधिवेशन सम्पन्न गरि महाधिवेशनमा जानु पर्ने हुन्छ । १४औ महाधिवेशनकालागि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गर्ने भनिएपनि क्रियाशिल सदस्यता सम्वन्धि विवादका कारण मंगलबार बाँकी १३ जिल्लाको अधिवेशन सम्पन्न गर्ने समय तोकिए पनि प्रदेश २ का जिल्लाहरुमा हुन नसक्ने भएको छ । केन्द्रले मंगलबार पाँचवटा जिल्लामा मात्रै अधिवेशन रहेको जनाएको छ । केन्द्रले मंगलबार पाँचवटा जिल्लामा मात्रै अधिवेशन रहेको जनाएको छ ।

धनुषा सभापतिको आकांक्षी समेत रहेका काँग्रेसका धनुषाका सभापति महेश शंकर गिरिले अधिवेशनकालागि सोमबार सम्म क्रियाशिल सदस्यहरुको अन्तिम नामावली आउनुपर्ने थियो तर, अवेर राति सम्म अन्तिम नामावली नआएपछि मंगलबार गर्ने भनिएको अधिवेशन अब नहुने भएको बताए । उनले भने, ‘मलाई केन्द्रबाट जानकारी पाए अनुसार नामावली कम्प्युटर इन्ट्री गर्न नभ्याएको हुँदा जिल्लाहरुमा नपठाइएको हो, आज साँझ सम्म इन्ट्री भइसक्ने र आज राती सम्म हामीले नामावली प्राप्त गर्ने छौं।’ यद्यपी अधिवेशनको तालिकाबारे निर्वाचन समितिले तय गरेर केन्द्रले नै पठाउने भएकोले आफूले अधिवेशनको डेट ठ्याक्कै भन्न नसक्ने उनले बताए । अर्का जिल्ला सभापतिका आकांक्षी काँग्रेस धनुषाका उपसभापति सन्तोष यादवले प्रदेश २ को बारा जिल्लाको २ वटा क्षेत्रमा क्रियाशीलको विवाद रहेकोले नामावली फाइनल हुन नसकेको बताए । उनले बाँकी जिल्लाको क्रियाशील विवाद टुंगिसकेको र बाराको पनि आज साँझ सम्म टुंगिने जानकारी दिए । उनले आज राती सम्म नामावली फाइनल भएर जिल्ला जिल्लामा आए भने १० गते भित्र सम्ममा अधिवेशन हुन सक्ने बताए । यद्यपी निर्वाचन तालिका केन्द्रले नै तोक्ने भएकोले आफूले अनुमान मात्र गरेको उनको कथन रहेको छ ।

पहिलो पटक प्रकाशित गरिएको क्रियाशिल सदस्यहरु नामावलीमा विवाद चर्केपछि प्रदेश २ मा पहिलो चोटी अधिवेशन हुन सकेको थिएन् । नेपाली काँग्रेसका नेता डा. चन्द्र मोहन यादवले आमरण अनसनमा बसेपछि धनुषा जिल्लाबाट नै क्रियाशिल सदस्यता सम्वन्धि विवाद चुलिएको थियो । स्रोतका अनुसार अगामी महाधिवेशनमा नेपाली काँग्रेसमा वर्तमान उप-सभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि प्रदेश २ मा अन्तिम चरणमा अधिवेशन गराउने योजना शिर्ष नेताहरुले बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]