०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०४, २०७८

विराटनगर – मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

२२ वर्षीय रोजीना गिरीको आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव लोबेडमा घोप्टो पारिएको अवस्थामा फेला परेको र शरिरमा पनि निलडाम भएकोले मृतकका माइती पक्षले हत्या गरेको आरोप लगाएका छन् । नातिनीको शंकास्पद अवस्थामा शव फेला परेकोले घटना रहस्यम रहेकोले प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानविन गरिनुपर्ने उनका हजुरबुवा यामकुमार गिरीले बताए । ‘नातिनीको शवको प्रकृति हेर्दा घटना रहस्यमय रहेको छ । घाँटीमा सल बाँधिएको छ । तर, शव लोबेडमा घोप्टो अवस्थमा अवस्थामा फेला परेको छ । अनुहारमा भाग पनि पुरा कालो भएर शरिरमा चोटपटक लागेको छ ।

‘नातिनीको हत्या गरेपछि आत्महत्या देखाउन झुण्डाएका हुनसक्छ,’ हजुरबुवा यामबहादुरले भने, ‘यस घटनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुुसन्धान सुरू गरिनु पर्दछ ।’ मृतक रोजिनाको गत भदौमा विनोद काफ्लेसँग विवाह भएको हो । रोजिनाको माइती उर्लाबारी ८ दुर्गापुरी हो । उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो । विनोदले विवाह गरेपछि करिब ६ महिना अगाडि वैदेशिक रोजगारका लागि विदेशमा छन् । माइती पक्षले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरूद्ध किटानी जाहेरी पनि दिने तयारी गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुरले बताए ।

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले मृतकको शव पोस्माटम गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको जानकारी दिए । ‘हामीले शवलाई पोस्टमार्टम गर्न पाठाएको छौं,’ उनले भने, ‘पोस्मार्टम रिपोर्ट आएपछि थप विषय खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]