२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०४, २०७८

सर्लाही – महोत्तरीमा आइतबार दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति अर्केस्ट्रा नाच हेर्ने क्रममा एक युवा कुटिएको निहुँमा आइतबार दुई समूहबीच झडप भएको हो। झडपमा ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको छ।

कुटिएका युवाका अभिभावक र गाउँका अन्य व्यक्ति कुटपिट गर्नेको घरमा पुगेपछि दुई पक्षबीच झडप भएको थियो। झडपमा दुई जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। सोनमा गाउँपालिका–७ सुन्दरपुर मैनटोलमा शनिबार राति आयोजना गरिएको अर्केस्ट्रा नाच हेर्न पुगेका सोनमा गाउँपालिका-२ तरहारीनिवासी सरोज यादवलाई कुटपिट गरी उनको मोबाइल र अन्य सामान स्थानीय मलेठी सदाले खोसेको स्थानीय प्रत्यक्षदर्शीले बताए। सोही सामान लिन र आफ्नो भाइलाई किन कुटपिट गरेको भनी सोध्न गएका सरोजका दाइ मुकेश यादव र बुवा रामप्रसाद यादवसहित गएका गाउँलेलाई दर्जनौंको संख्यामा रहेका बिल्टु सदालगायत मैनटोलका बासिन्दाले कुटपिट गरेको स्थानीयले थाहाखबरसँग बताए।

कुटपिटबाट छोरासँगै पुगेका सरोज र मनोजका बुबा ५० वर्षीय रामप्रसाद यादव सिकिस्त भएका थिए। उपचारकै क्रममा गौशालास्थित स्वास्थ्य चौकीमा उनको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]