काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनका लागि ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग बोल्दै यादवले सो बुरा बताएका हुन् । उनले यस अध्यादेशले लोकतन्त्रलाई अस्थिर बनाउने काम गर्ने बताए । उनले भने – ‘दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने र राजनीतिक विकृति फैल्याउने अध्यादेश गलत छ, यसले लोकतन्त्रलाई अस्थिर बनाउने काम गर्छ’ यादवले अध्यादेश खारेज भएपछि मात्र सरकारले पूर्णता पाउने बताउदै पूर्णता पाउन मन्त्रालयको बाँडफाँट हुनुपर्ने र त्यो अहिलेसम्म नभएको बताए ।
गठबन्धनको सरकार बनेको ७० दिन बितिसक्दा पनि मन्त्रीपरिषदले अहिलेसम्म पूर्णता पाउन सकिरहेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले ४ जना मन्त्री र एक राज्यमन्त्री मात्र लिएर सरकार चलाइरहेका छन् । मन्त्रीपरिषदले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित बनिरहेका छन् ।