०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

सप्तरी – स्वतन्त्र युवा सप्तरीका अध्यक्ष मुस्तकिम आलमले एम.सी.सी.भित्र अमेरिकाको खतरनाक रणनीति लुकेको दाबी गरेका छन । सप्तरीको राजबिराजमा शनिबार स्वतन्त्र युवा सप्तरीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष आलमले एमसीसी देशलाई समृद्ध बनाउने नभई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने खतरनाक खेल रहेको जिकिर गरेको हो ।

यदि एम.सी.सी.संसदबाट पास भए नेतृत्वलाई जनताले माफ नगर्ने चेतावनी दिएका थिए । अफगानिस्तान जस्ता देशहरु अमेरिकी साम्राज्यवादी षडयन्त्रको शिकार हुँदा भोग्नु परेको पिडा सबैलाई छर्लङ्ग भएको आलमको भनाई छ । कार्यक्रम मा अर्का युवा नेता मो. जकबुलाले एमसीसीको भन्दा धेरै कर एनसेलबाट लिनुपर्ने भएपनि नेपालका नेतृत्वदायी दलहरुले एमसीसी कार्यान्वयन गर्न न खोज्नु दुःखद भएको बताएका थिए । त्यस्तै सुरज साह,जिमेद आलमले समेत आफ्ना तर्क राखेका थिए ।

एमसीसी जस्तो राष्ट्रघाती परियोजना लागु भए देशले ठुलो मुल्य चुकाउनुपर्ने जिकिर गर्दै एमसीसीको खारेजिका निम्ती एक जुट हुन आम नेपालीलाई अपिल गरेका छन । सप्तरी स्वतन्त्र युवा र अन्य बिभिन्न तहका नेताहरुको सहभागितामा सम्पन्न कोणसभाको संचालन गरेका थिए । शिव मन्दिर बाट निकलेको जुलुस राजविराज परिकारमा गर्दै गजेन्द्र चौकमा कोण सभामा परिवर्तन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]