नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीबाट ‘नकारात्मक धार’ विभाजन भएर गएको टिप्पणी गरेका छन् ।
तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै उनले आयोजित भेलामा नकारात्मक धारको भविष्य नभएको टिप्पणी गरेका हुन् ।नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक तथा राष्ट्रिय भेलामा बाेल्दै महासचिव ईश्वरले भने, ‘हामीबाट नकारात्मक धार अलग भएको हो र यस विभाजनको भविष्य अन्धकार छ ।’उनले राष्ट्रिय आवश्यकताविपरीत विभाजन हुनेहरू निर्वाचनबाट पराजित हुने पनि बताए ।
पार्टीको पक्ष र पार्टीले गरेको आन्दोलनको पक्षमा उभिएका निजामती कर्मचारीहरूलाई संगठित हुन समेत उनले निर्देशन दिए।उनीभन्दाअघि पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललगायतले भेलालाई सम्बोधन गरेका थिए।