काठमाडौंको जोरपाटीबाट चार लाख ७४ हजार ७५ रूपैयाँसहित २० जुवाडे पक्राउ परेका छन् ।
प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई शनिवार राति ११ बजे पक्राउ गरेको हो ।प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी चामुण्डागेटस्थित तिब्बतियन क्याम्पभित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरूबाट नगदसहित क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४, २० बुक तास, विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक २८ वटा र कौडा १०० थान बरामद गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।