१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

विराटनगर – भारतदेखि तस्करी भएर आएको कपडा र खाद्यान्नको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । विराटनगर १६ देखि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले १ लाख २० हजार मूल्य बराबर कपडा र खाद्यान्न सामाग्री शुक्रबार बिहान बरामद गरेको हो ।

यसैगरी भारतदेखि तस्करी गरि भण्डारण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले गोदाम सञ्चालक विराटनगर–९ का ३२ वर्षीय नवीन जैनलाई तस्करीको कपडा भण्डारण गरिएको अवस्थामा बिहीबार पक्राउ गरेको हो । जैनले विराटनगरमा गोदाम सञ्चालन गरेर अवैध सामानको भण्डारण गर्ने गरिएको खुलेको प्रहरीले जनाएको छ । अवैध रूपमा सञ्चालन गरिएका गोदाममा भारतबाट तस्करी गरेर ल्याइएका दैनिक उपभोग्य सामग्रीदेखि किराना सामानसम्म भण्डारण गरेर राख्ने गरिएको पाइएको हो ।

भन्सार छली गरेर ल्याइएका सामान राखेको सूचनाका आधारमा मोरङ प्रहरीको विशेष टोलीले विराटनगर महानगरपालिका–९ स्थित एउटा गोदाममा छापा हानेको थियो । गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा पाँच लाख ६५ हजार आठ सय पाँच रूपैयाँ बराबरको अवैध सामान बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । भारतको जोगबनीबाट सीमा क्षेत्र हुँदै भन्सार छली गरेर चोर बाटोबाट भित्राइने सामान अवैध हिसाबले गोदाममा भण्डारण गर्ने र उपभोक्तासम्म पुर्याएर बिक्री गर्ने धन्दामा जैनको संलग्नता पुष्टि भएको श्रेष्ठले बताए । उनका अनुसार जैनको गोदामबाट एक सय ८२ वटा काटुनमा रहेको दुई हजार एक सय ८४ किलो मिस्री, १४ वटा काटुनमा रहेको एक सय ४० किलो काजु, तीन सय ७५ किलो पापड र ३० वटा बोरामा रहेको २४ किलो पानीपुरी बरामद गरिएको छ । दुई लाख ६२ हजार ८० रूपैयाँ बराबरको मिश्री, एक लाख ८२ हजारको काजु, ९३ हजार ६ सयको पानीपुरी र २८ हजार एक सय १५ रूपैयाँ बराबरको पापड बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामानसहित जैनलाई आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]