महोत्तरी – प्रहरी चौकी मलिवाराले बुधवार विभिन्न समयमा गरि करिव तिनसय किलो मटर नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा विहिवार बुझाएको छ ।
नेपाल भारतको विभिन्न सिमानाकाबाट भारत तस्करी गर्न लागिएको सेतो मटर प्रहरीको विभिन्न गस्ती टोलीले समातेको हो । मटर तस्करीको मुख्य मार्गको रुपमा रहेको मलिवारा,सकरी,बथनाहा लगायतको बाटो अत्यधिक प्रयोग हुनेमा अधिकांश मटर ढुवानीकर्ताले रातीको समय र विहानको समय मटर ओसार पसार गर्ने गरेको प्रहरीको भनाई छ ।पुरुषको तुलनामा बालबालिका र महिलाको अत्यधिक सहभागितामा मटर तस्करी हुने गरेकोमा उनीहरुलाई नै नियन्त्रणमा लिन भने प्रहरीलाई समस्या भएको हो । कोभिडको कारण विगतको समयमा विद्यालयहरु बन्द हुदा र स्थानियहरुले विभिन्न ठाउको रोजगारी गुमाउदा तथा वैदेशिक रोजगारीमा र अन्य स्थानमा काममा जान खोजेका युवाहरु घर वस्नु पर्दा विकल्पको रुपमा ढुवानीकर्ताको काममा उनीहरु लागेको जलेश्वर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष राम छविला यादव बताउछन ।
उनी मटर तस्करीमा बालवालिकाको प्रयोगले उनको भविष्य अन्धकारमा जान लागेको प्रति चिन्ता व्यक्त गर्दै हामी सवै मिलेर विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालय फर्काउनु आवश्यक रहेको बताए ।उनले निश्चयपनि तस्करी आर्थिक अभावकै कारण वा वढी आम्दानी हुने देखेर गर्ने गरेपनि यसले अलि पछि उनकै भविष्य खराव गर्ने भएकोले सवै तहबाट बालबालिका र महिलालाई ढुवानीको काम छोडाउन पहल गर्नु पर्ने बताए ।यता शसस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटाले सिमामा सवै प्रकारका तस्करी नियन्त्रणको लागि शसस्त्र प्रहरी पुर्णरुपमा तैनाथ रहेको बताए । उनले यसै आर्थिक वर्षमा तिनहजार दुईसय किलो सेतो मटरमात्र नियन्त्रणमा लिएको बताए ।त्यसतै जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहतका विभिन्न चौकीहरुले चालु आर्थिक वर्षमा छ हजार ४५० किलो सेतो मटर नियन्त्रणमा लिएको छ । झण्डै छ लाख त्रिसठी हजार भन्दा वढीको मटर प्रहरीले भन्सारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले मटर तस्करीको सुचनाहरु आईरहदा सोहि अनुरुप पक्राउ गर्ने क्रम जारी रहेको र सिमा क्षेत्रका चौकीहरुलाई समेत सोहि अनुसार एलर्ट गराइएको बताए ।
प्राय सिमा नजिकैको कुनै गोप्य स्थान वा वजार क्षेत्रमै विभिन्न व्यापारीक प्रतिष्ठानको विल भर्पाईबाट महोत्तरी ल्याउने गरिएको सेतो मटर साईकल,मोटरसाईकल र टाउकोमै समेत बोकेर सिमा पार गर्ने गरिएको छ ।