२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

ढल्केवर – धनुषामा चोरी घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरले चोरीमा संलग्न रहेको आरोपमा मिथिला नगरपालिका ६ बस्ने २२ बर्षिय सुरज लामालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । चोरी आरोपमा पक्राउ परेका लामाले बिहीबार राति २ बजेको समयमा ढल्केवरस्थित शिवकुमार महतोले सञ्चालन गरेको अभिषेक जनरल स्टोरको सटर तोडेर करिब २० हजार रुपैयाँ चोरी गरेका थिए । चोरी घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा लामालाई नियन्त्रणमा लिएर घर तलासी गर्दा उनको घरबाट चोरीको सो रकम बरामद भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।

चोरी घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामामाथि चोरी अभियोग कसुरमा कारबाही तथा कानुनी प्रक्रिया अगाडि बढाइएको इप्रका ढल्केवर प्रहरी निरिक्षक सुवेदीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]