२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

काठमाडौं – नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन ।

कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ ।बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील सदस्यता विवाद पनि सहमति नजिक पुगेको क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।‘प्रदेश दुईका सबै जिल्लाको विवाद हामीले टुंग्याएका छौं, बाँके–१, डोल्पा र रसुवाको सदस्यता विवाद पनि टुंग्याउने प्रक्रियामा छौं,’ उनले भने, ‘शनिबारसम्म बाँकी सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसक्छ ।’

प्रदेश दुईका धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, सिराहा र पर्सा गरी आठ वटै जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद देखिएको थियो । क्रियाशील सदस्यता छानबिन समितिले धनुषा-४, सर्लाही–२, बारा र सप्तरीको सदस्यता विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो । त्यस्तै रसुवा, बाँके, कैलाली, सुर्खेत र डोल्पामा समायोजनलाई लिएर विवाद थियो ।कांग्रेसमा क्रियाशील सदस्यता विवादमा सहमति खोज्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहेका छन् । तीन नेताले गरेको सहमति कार्यान्वयनका लागि क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु प्रदीप पौडेल, जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । नेताहरु शुक्रबार पनि छलफलमै छन् ।

बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । योसँगै कांग्रेसमा ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको हो ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन प्रक्रिया सुरु भइसकेको छ । डडेल्धुरा जिल्लासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको भने बाँकी जिल्लाको वडा अधिवेशन ५ असोजकमा हुनेछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]