०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – हरेक एक मिनेट ४० सेकेन्डको अन्तरमा एक बालबालिका वा किशोरकिशोरी (२० वर्ष मुनिका) एचआईभीबाट संक्रमित हुने गरेको तथ्य खुलासा भएको छ ।

संयुक्त राष्ट्रसंघको गत वर्षको तथ्यांक अनुसार यस्तो खुलासा भएको हो । संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बालबालिका आपतकालिन कोष (यूनिसेफ)ले यही बुधबार यसबारे तथ्यांक सार्वजनिक गरेको हो ।झण्डै ३ लाख २० हजार बालबालिका र किशोर किशोरीहरु गत वर्ष संक्रमित हुनुका साथै १ लाख १० हजार बालबालिका एचआईभीबाट मृत्यु भएको तथ्यांक यूनिसेफले सार्वजनिक गरेको हो ।
यूएनको रिपोर्ट अनुसार विश्वभर झण्डै आधा बालबालिकाको जीवनरक्षाका लागि उपचारमा पहुँच पुग्न सकेन ।

‘बालबालिकाहरु संक्रमित हुने दर अझै डरलाग्दो रुपमा बढेको छ, र उनीहरु झै पनि एड्सबाट मरिरहेका छन्, यो कोभिड १९ भन्दा पहिले पनि थियो, र एचआईभी उपचार र रोकथाम सेवामा अवरोध थियो,’ यूनिसेफका कार्यकारी निर्देशक हेनरित्ता फोरको भनाइ छ ।
यूनिसेफका अनुसार कोभिड १९ महामारीले गर्दा एचआईभी पीडित बालबालिकाको जीवन रक्षाको सवालमा असमानता थपिदिएको छ । यस्तै किशोरकिशोरीहरु र गर्भवती महिलाहरु पनि जोखिममा रहेको बताइएको छ ।

‘विश्व अहिलेको विश्वव्यापी महामारीविरुद्ध संघर्ष गरिरहँदा दशौँ हजार बालबालिकाहरु एचआईभी महामारीको पीडामा छटपटाइरहेका छन्,’ यूनिसेफका कार्यकारी निर्देशक फोरले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]