सप्तरी – बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीले दिएको जानकारी अनुसार स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साह पक्राउ परेका छन् । विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।
ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।