०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

सप्तरी – सप्तरी प्रहरीद्वारा नगद २ लाखसहित ३ जना युवकलाई पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न.७ का ४० बर्षीय राज कुमार मण्डल, महादेवा गाउँपालिका ६ का ३२ बर्षीय प्रबिण मण्डल र हनुमान नगर कंकालिनी नगरपालिका ६ का २७ बर्षीय संतोष मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा न.८ सडेपारको नहरस्थित बिश्वकर्मा चौकमा लागुऔषधको कारोबार भइरहेको स्थानीयले सूचना दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी जानाएको छ । स्थानीयले जानकारी गराए अनुसार लागुऔषध ओसारपसार गरेको आशंका लागेर चेक जाँच गर्दा उनीहरुको साथबाट नगद २ लाख र केहि केमिकल जस्तो देखिने ३ वटा शिशी बरामद् भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता बरामद नगद कुन प्रयोजनका लागि हो भनी नखुलेकाले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका तीनै जाना जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यता बिनासितै प्रहरीले फँसाउन खोजेको पक्राउ परेका युवकका आफन्तहरुले आरोप लगाएका छन् । गाउँका केही मानिसले ब्यक्तिगत रिसिबी साध्न प्रहरीलाई गलत सूचना गराएको भरमा नियन्त्रणमा लिएर प्रहरीले दुःख दिएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]