०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २९, २०७८

काठमाडौं – त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षमा तीन किलोभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्।

श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई पुरुषको लजेग चेक गर्दा तीन किलो ३६० ग्राम सुनका गरगहना फेला परेको हो। पक्राउ पर्नेमा धनुषा घर भएका ४७ वर्षीय मुरारीराज अधिकारी र कैलालीका २९ वर्षीय बोधराज भण्डारी रहेका छन्।

‘उनीहरुले सुन वैध तरिकाबाट कारोबार भएको यथेष्ठ प्रमाण जुटाउन सकेनन्। त्यसरी ठूलो परिमाणमा लगेको देखिएपछि नियन्त्रणमा लिएका हौं,’ विमानस्थलका सुरक्षा प्रमुख राजेश बाँस्तोलाले भने।

चार किलो सुन सहजै छिरेपछि काठमाडौं विमानस्थलको सुरक्षामा प्रश्न

उनीहरुले न्यूरोडको इशा ज्वलर्सबाट सुन किनेको भन्ने बिल देखाएका थिए। बिलमा २ करोड २४ लाख रुपैयाँ भन्दाबढीमा किनिएको देखिएको छ।

प्रहरीले एक साताअघि झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खातीलाई चार किलो सुनसहित बाँकेबाट पक्राउ गरेको थियो। उनीहरुले लगाएको जुत्ताबाट सुन फेला पारेको थियो। उनीहरु दिउँसो २ बजेतिर श्री एयरलाइन्सको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट नेपालगन्ज पुगेका थिए। उनीहरुले पनि सुन किनेको बिल देखाएका थिए।

विमानस्थलबाटै अवैध सुन एक ठाउँबाट अर्को ठाउँमा लगिएको सूचना बाहिरिएकपछि प्रहरीले सुरक्षा बढाएको थियो।

अघिल्लो प्रकरणमा विमानस्थल प्रहरीले एसपी नान्तिराज गुरुङको नेतृत्वमा चार जनाको छानबिन समिति गठन गरेको थियो। समितिले अहिले पनि अनुसन्धान गरिरहेको एसएसपी बाँस्तोलाले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]