२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २९, २०७८

खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै चेक दिएर सात लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठनगरपालिका–९ गोल्फुटार बस्ने वर्ष २६ को अनिस सुन्दास रहेका छन्। सुन्दासले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी लक्ष्मी बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ। उनलाई उच्च अदालत पाटनबाट गत २०७७ चैत ८ गते बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रू सात लाख जरिवाना हुने ठहर भएको थियो।

फरार रहेका सुन्दासलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]