०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २८, २०७८

सर्लाही – सर्लाहीकी १४ वर्षीया किशोरी प्रियंका भुजेलको ब’लात्कार तथा ह’त्यामा संलग्न थप एक युवक जेल चलान भएका छन् ।

जेल चलान हुनेमा लालबान्दी नगरपालिका १७ का १९ वर्षीय अनिष दाहाल छन् ।सर्लाही जिल्ला अदालतको आदेशमा अनिषलाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रहले जनाएको छ ।जिल्ला अदालतका मुख्य न्यायाधीश ध्रुव कुमार पियाले थुनछेक बहसपछि दाहाललाई अन्तिम फैसला नहुन्जेल पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।उनलाई हिजै सिन्धुली कारागार चलान गरिएको हो । उनीहरुविरुद्ध प्रहरीले जर्बजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरेको छ। लालबन्दी नगरपालिका १७ रानीगञ्जकी १४ वर्षीया किशोरी प्रियंकाको ब’लात्कार तथा ह’त्यामा संलग्न १७ वर्षीय कृष्ण साहलाई यसअघि नै अदालतले बाल सुधारगृहमा राख्न आदेश दिएको थियो ।

गएको भदौ १ गते राति प्रिंयकाको शव ब’लात्कार पश्चात ह’त्या गरेर गाडेको अवस्थामा लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको थियो । प्रियंका साउन ३१ गते राति साँढे ११ बजेतिर घरबाटै बेपत्ता भएकी थिइन्। घटना लगतै अनिस र कृष्णलाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]