०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २८, २०७८

जनकपुरधाम – संघीय राजधानी काठमाडौंबाट गाडी बुक गरी बीच बाटोबाट लुट्ने दुईजनालाई प्रहरीले समातिएको छ । काठमाडौंबाट बा २ ज ३९४० नम्बरको सुजूकी अल्टो गाडी घर पुर्‍याइ दिन भनी भाडामा ल्याएर सर्लाहीस्थित बाँके जङगल गाडी लुटेर भाग्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

काठमाडौंबाट घर पुर्‍याइ दिन साढे १२ हजार भाडा तय भएको थियो। आउने क्रममा आइतबार बिहान ५ बजे सर्लाहीको बाँकेस्थित जङगलमा चालकलाई रडले टाउको प्रहार गरी बेहोस् पारिए पछि गाडी लिएर भागेका उनीहरु पक्राउ परेका हुन् । उनीहरु गाडी लिएर भाग्ने क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका हरिहरिपुर स्थित अनियन्त्रित भई गाडी दुर्घटना भएपछि ई–रिक्सा चढेर भागेका थिए । यता सूचना पाएलगत्तै प्रहरीको विशेष टोलीले अनुसन्धान गर्दै जादा ई–रिक्सा चढी भाग्दै गरेको अवस्थामा धनुषाको धनुषाधामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको भोक्राहा ५ बस्ने २७ वर्षीय मुरुदिन मियाँ र नविब आलम रहेको प्रहरीले जनाएको छ ।

उनीहरु नातामा मामा–भान्जा हुन् । पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा ल्याइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । उनीहरु जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]