२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

विराटनगर – सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट (बिओपी) रानीले विराटनगर–१६ दक्षिणगेटबाट १९ लाख मूल्य बराबरको प्रतिबन्धित औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ११ प्रकारका औषधी बिओपी रानीको टोलिले बरामद गरेको हो ।

बरामद औषधी नेपालमा प्रतिबन्धित छ । भारतीय मूल्य ११ लाख ८६ हजार ९०८ रुपिँया बराबरको औषधी सीमा क्षेत्रमा रहेको केराको झ्याङ्गबाट हिजो अपरान्ह बरामद गरिएको बिओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिनुभयो । दुईवटा कार्टुनमा भेटिएको औषधी कसले ल्याएको भन्ने खुलेको छैन ।

औषधी ल्याउने व्यक्ति भागेका कारण औषधी मात्रै बरामद भएको थियो । बरामद औषधीका सम्बन्धमा आवश्यक कारवाही गर्न औषधी व्यवस्थाप विभाग, विराटनगर कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]