२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

ओखलढुंगा – हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ परेको हो ।

खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्र बहादुर तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै माईला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएका छन् ।

जग्गा अंशबण्डाको बिषयमा उनीहरू बिच विवाद हुँदा शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनीहरूलाई खुकुरी तथा दाउ सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]