२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २५, २०७८

ओखलढुंगा – ओखलढुंगा खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या भएको छ ।

हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ वर्षीय शेरबहादुर तामाङ र शेर बहादुरका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । शुक्रबार दिउँसो साढे १२ बजे तामाङलाई धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या गरेका हुन् । प्रहरीले हत्यामा संलग्न दुवै जनालाई खुकुरी र दाऊसहित पक्राउ गरेको छ । उनीहरुले अंशबण्डाको विषयमा विवाद हुँदा हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल खटि गएको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]