२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २५, २०७८

काठमाडौँ – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बिरोधमा बिहीबारबाट झन् आवाज चर्किन थालेको छ । एमसीसीकी उपाध्यक्ष नेपाल आएलगत्तै सोको विरोधमा उत्रँदै आएका पार्टी, संस्था,अभियन्तालगायतले आन्दोलनका कार्यक्रमलाई तीब्रता दिएका छन् ।

जस अन्तर्गत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी एक सातासम्मको लागि बिरोध कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले सार्वजनिक गरेको संघर्षका कार्यक्रममा भदौ २८ गते आइतबार काठमाडौँमा विशाल जनसभा गर्ने जनाइएको छ ।

एमसीसीविरुद्ध नेकपाको अन्तर्राष्ट्रिय विभाग र केन्द्रीय जनपरिषद्ले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।

पार्टीले लामो समयदेखि एमसीसीविरुध्द देशव्यापी संघर्ष गर्दै र जनचेतना जगाउँदै आएको उल्लेख गर्दै,‘पार्टीका जनवर्गीय संगठन र मोर्चाहरू लामो समयदेखि एमसीसीबिरुद्ध सडकमा आन्दोलित रहेको’ उसले जनाएको छ ।

नेकपाले एमसीसीविरुद्ध २३ गते देशव्यापी कोणसभा गरेको,२५ गते सिट्ठी जुलुस राखेको,२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने,२७ गते एमसीसीविरुद्ध बेलुन उडाउने र २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा गर्ने घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]