२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

उदयपुर कटारी नगरपालिका ८ बर्मी स्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौँ रुपैया लुटपाट गर्ने व्यक्ती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ओखलढुङगा चिसंम्खु गाऊपालिका ३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले घटना भएको २ घन्टा भित्रै पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका ४ का २५ बर्षीय प्रकाश श्रेष्ठले चलाई ल्याएको प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुंङगा खाद्यन पुराई काटारी तर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनि उक्त गाडिमा लिफ्ट मागी आएका थिए । आउने क्रममा बर्मी जंङगलमा पिसाव फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम रु. १३ लाख ७७ हजार ८ सय ९५ रुपैया र मोबाईल समेत लुटपाट गरी फरार भएका थिए ।

केही समय पश्चात होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट बेलुका ७ बजे लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाईल सहित पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]