२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

सुर्खेत – १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट ९ जनालाई पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले विभिन्न व्यक्तिबाट आफूमाथि पटकपटक बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरले ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । एसपी विष्टका अनुसार पक्राउ पर्नेमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् । उनीहरु बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको विष्टले जानकारी दिए । बलात्कृत किशोरीको पेटमा गर्भ समेत रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]