२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

सप्तरी – कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय ठहर भएपछि फरार रहेका एक अभियुक्त घरबाटै पक्राउ परेका छन्। घटनाको १६ वर्षपछि कर्तव्य ज्यान मुद्दामा फरार रहेका जन्म कैदका अभियुक्त सप्तरीको बोदे बरसाईन नगरपालिका–७ मानराजा बगबिरा टोलका दानालाल यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ। फरार सूचीमा रहेका यादवलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

हत्याको अभियोगमा सप्तरी जिल्ला अदालतका तत्कालिन न्यायाधीश शंकरबहादुर राईको इजलाशले उनलाई २०७३ वैशाख २२ गते जन्मकैद सजाय गरेको थियो। बोदे बर्साइन–७ बगबिरा टोलका गंगाराम कापरको २०६२ सालमा हत्या भएको थियो। हत्याविरुद्ध उनका दाजु बिजयनारायण कापरले यादवसहित सोही ठाउँका मकैया भनिने सचिनकुमार सदा र बिजयकुमार यादवविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

कर्तव्य ज्यानविरुद्धको उजुरी सप्तरी जिल्ला अदालतमा २०६९ चैत ७ गते दायर भई २०७३ वैशाख २२ गते फैसला भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]