२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २२, २०७८

विराटनगर – विराटनगरस्थित मोरङ जिल्ला अदालत परिसरभित्रै आज दिउँसो साढे ४ बजेतिर भएको कार दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु भएको छ ।

मोरङ जिल्ला अदालत ५ नम्बर इजलाशका न्यायाधीश इश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा महिला घाइते भएकी छिन् । कार चालक न्यायाधीश पराजुलीकै अंगरक्षक (पिएसओ) बिन्दकुमार सिंह रहेको यसअघि नै मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताइसकेका छन् ।

स्रोतका अनुसार कार चालक भनिएका पिएसओ सिंहले कार सिक्ने क्रममा दुर्घटना भएको थियो । न्यायाधीश पराजुलीसँग कारको चाबी मागेर आएका पिएसओ सिंहले कार स्टार्ट गर्नेवित्तिकै हुइँकिएर जाँदा महिलालाई ठक्कर दिएको थियो । ‘कारमा चावी लिएर गएका सिंहले स्टार्ट गर्नेवित्तिकै कार हुइँकिएको थियो,’ प्रत्यक्षदर्शीले भने, ‘मेरो विचारमा कार गियरमा थियो ।’

दाहाल दम्पत्ती अदालत परिसरमा क्यान्टिन चलाउँछन् । उनीहरु अदालत बन्द हुने समय नजिकिएसँगै घरका लागि सामानको थान्को लगाउँदै थिए । तर, एक्कासी आएको कार क्यान्टिनमा छिर्यो र दाहाललाई ठक्कर दिएको थियो ।

घटनालगत्तै घाइते भएकी ४५ वर्षकी लक्ष्मी दाहाललाई कोशी अस्पताल उपचारका लागि लगियो । तर, घटनाभएका १ घण्टा वित्न नपाउँदै उनको मृत्यु भयो । स्रोतका अनुसार सिंहले कार सिक्ने प्रयास गर्दै थिए । उनको सवारी चालक अनुमति पत्रसमेत नभएको बताइएको छ ।

मृत्यु भएकी दाहाल अदालतभित्रको क्यान्टिन संचालक रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । सिंहलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]