सप्तरी – हुँचिलको दाँत जस्तो देखिने चुच्चो आकारको वस्तु सहित त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल बाट मानिस पक्राउ परेको हो ।
आज मंगलबार करिब ६ बजे तारा एयरको उडानद्वारा काठमाण्डौंबाट सोलुखुम्बुको लुक्ला प्रस्थान गर्न लागेका जिल्ला सिद्धिचरण न.पा.वडा नं. ६ का वर्ष ४३को कोबिर बहादुर मगरलाई त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलको आन्तरिक उडानतर्फको प्रस्थान हात सामान जाँच क्षेत्र (Hand Baggage Checking Area )मा Metal Free गराई चेकजाँच गर्ने क्रममा मगरले बोकी आएको मनि पर्स भित्र सो बस्तु फेला परेको हो ।
हुँचिलको दाँत जस्तो देखिने चुच्चो आकारको वस्तु लुकाई छिपाई लैजान लागेको अवस्थामा प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाण्डौ पठाइएको जानकारी गराए ।