०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २२, २०७८

काँकडभिट्टा – सामान्यतया ट्रक तथा अन्य गाडीमा तेल भर्ने एउटा मात्रै ट्यांकी हुन्छ । तर, अतिरिक्त ट्यांकी बनाएर भारततर्फ तेल तस्करी गर्ने भारतीय ट्रकलाई सोमबार प्रहरीले पूर्वी नाकाबाट नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अतिरिक्त तेल ट्यांकी बनाएर नेपालबाट डिजेल तस्करी गर्ने डब्लूबी ७३ डी २४४१ नम्बरको भारतीय ट्रकसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।डिजेल तस्करीका लागि नक्कली ट्यांकी बनाइएको पाइएकाले भारतीय ट्रक नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले जनाए । ट्रकको ट्यांकीभन्दा नक्कली ट्यांकीमा झन्डै दोब्बर तेल खपत हुन्छ । प्रहरीले नक्सलवारी, तथखोला बस्ने चालक ३० वर्षीय विकास दास र सोही स्थान बस्ने सहचालक ३४ वर्षीय सुजल साहलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । भारतबाट आएका मालवाह ट्रकहरुले फर्किंदा यसैगरी अवैध रुपमा डिजेल तस्करी गर्ने गरेको पाइएको हो । प्रहरीले ५ सय ५० लिटर डिजेलसहित ७ लाख रुपैयाँ मूल्यांकन गरी ट्रक भन्सार दाखिला गरेको छ ।

भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो हुँदा सामान बोकेर नेपाल आएका भारतीय ट्रक, कन्टेनरहरुले फर्किंदा नेपालका पेट्रोल पम्पहरुबाट डिजेल र पेट्रोल तस्करी गर्ने गरेको पाइएको छ । भारतमा अहिले डिजेलको मूल्य प्रतिलिटर १ सय ४७ नेपाली रुपैयाँ छ । नेपालमा भने १ सय १३ रुपैयाँमा एक लिटर डिजेल पाइन्छ । नेपालबाट लगिएको एक लिटर डिजेलबाट करिब ३५ रुपैयाँ नाफा हुन्छ । भारतमा पेट्रोल पनि महँगो छ । नेपालमा प्रतिलिटर १ सय ३० मा पेट्रोल पाइन्छ । भारतमा १ सय ६३ रुपैयाँ पर्छ । भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल दुवै सस्तो पर्ने नेपाल आयल निगम डिपो चारआलीले जनाएको छ ।सोमबार पक्राउ परेका भारतीय चालक विकास दासले नेपालवाट तेल लिएर बेच्दा राम्रो नाफा हुने भएकाले उक्त कार्यमा संलग्न भएको बयान दिएका छन् । प्रहरीसँगको बयानमा उनले भने,‘नाफा कमाउने लोभमा परियो, अहिले फसियो ।’

भारतबाट नेपाल आउने मालवाहक ट्रकहरुले पहिला पारिपट्टिको भारतीय वजार नक्सलवारीमा तेल भर्थे अहिले काँकडभिट्टा, धुलाबारी, चारआलीलगायतका पम्पहरुमा सयौं लिटर तेल भर्छन् । असमबाट कोइला बोकेर आएको ट्रकका चालक हरदीप सिंहले नेपालमा तेल भर्दा आफूलाई पकेट खर्च बच्ने बताए । ‘एक लिटरमा ४०, ५० रुपैयाँ बच्छ, २ सय लिटरमा मोटो रकम बचाउन सक्दा साइट इन्कम हुन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]