२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २१, २०७८

महोत्तरी – सशस्त्र प्रहरीले महोत्तरीबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ सम्सी गाउँपालिका–७ चाँदनी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोर्खाको बुढीगण्डकी गाउँपालिका–२ का २३ वर्षीय अजय परियार र नुवाकोटको विदुर नगरपालिका–७ का ३० वर्षीय संजय भट्ट रहेका छन् । चाँदनी चोकमा प्रदेश नं. ०२–०२२ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेक गर्दा कालो झोलामा अगरबत्तीभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुको साथबाट नाइट्राभेट ट्यावलेट २३७० थान, प्रामेफाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १२१ थान, ओफिन इन्जेक्सन ११८ थान, डाइजेल्याव इन्जेक्सन १७१ थान, डाइजेपाम इन्जेक्सन ४६ थान बरामद गरेको सापकोटाले बताए ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]