२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – प्रदेश १ मा एक लाख ८६ हजार ९९८ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये २६ हजार २५२ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमणकै कारण यो प्रदेशमा ३५८ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा ११२ महिला र २४६ पुरुष छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोरोना संक्रमण खासगरी तराईका जिल्लामा अधिक छ । झापा, मोरङ र सुनसरीमा संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि धेरै छ ।कोरोना संक्रमणको चपेटामा सबैभन्दा धेरै मोरङसहित प्रदेश राजधानी विराटनगर छ । मोरङमा हालसम्म ११ हजार ८७८ जनामा कोरोना पुष्टि हुँदा १०६ जनाको मृत्यु भएको छ । सुनसरीमा आठ हजार १४० जना संक्रमित भएका छन् । तीमध्ये १३५ जनाले ज्यान गुमाएका छन् ।

झापामा तीन हजार ७४१ जनामा कोरोना देखिँदा ६७ जनाले ज्यान गुमाइसकेका छन् ।उदयपुरमा ४५३ जनामा संक्रमण देखिएको छ । यो जिल्लामा कोरोनाका कारण सातजनाले ज्यान गुमाएका छन् । प्रदेश १ मा हालसम्म २१ हजार २८९ जनाले कोरोना जितेर ठीक भएका छन् । अब चार हजार ६०५ जना कोरोना संक्रमित बाँकी छन् ।प्रदेश १ मा सबैभन्दा थोरै हिमाली जिल्ला सोलुखुम्बु जिल्लामा जम्मा २५ जनामा कोरोना पुष्टि भएको छ । हाल यो जिल्लामा संक्रमण संख्या चारजना छ । अर्को हिमाली जिल्ला ताप्लेजुङमा पनि कोरोना संक्रमण न्यून रुपमा भएको देखिन्छ । यो जिल्लामा जम्मा ६२ जनामा कोरोना पुष्टि भएकामा अब २४ जना बाँकी छन् ।प्रदेश १ का पहाडी जिल्लाहरुमा पनि कोरोना संक्रमणको दर न्यून देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका संयोजक तथा कानुन सचिव भरतमणि रिजालले बताएका छन् ।

प्रदेश १ मा सबैभन्दा पहिले उदयपुरको भुल्केमा १२ जनामा एकैपटक कोरोना पुष्टि भएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरका ल्याबहरुमा दैनिक करिब एक हजारजनाको पीसीआर परीक्षण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]