
सप्तरी – पाँच गोली लागेको अवस्थामा तुलसीपुर एक व्यक्ति फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुशलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा लमही नगरपालिका वडा नं. ९ च्याउ खोलामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
पौडेलको पुठामा ३ वटा र दाहिने खुट्टाको तिघ्रामा थप २ वटा गोलि लागेको अवस्थामा गए राति साढे ९ बजे फेला परेका थिए । प्रहरीले गोली लागेको जानकारी नेपालगञ्ज नरसिंह होमबाट पाएको थियो । घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचारपछि थप उपचारकालागि भारतको लखनौ लगिएको छ ।‘घाइते हुनेवित्तीकै छोरालाई फोन गरेछन् । छोराको फोन नउठेपछि गाउँलेलाई फोन गरेर गाउँको सहयोगमा नेपालगंज उपचारका लागि लगियो,’ डिएसपी सिंहले भने–‘ त्यहाँ पुग्दा घाइते बोल्ननसक्ने अवस्थामा भएकाले जानकारी पाउन सकिएन । उतैबाट हामीलाई जानकारी आएकाले अनुसन्धानमा गएराति देखिनै खटेका छौ । वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ’
प्रहरीले शिकार खेल्न गएको बेला गोली लागेको हुनसक्ने अड्कल काटेको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी, तुलसीपुर र अमिलिया प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।