२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी ।

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को ५४ औं वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ । महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । यो वार्षिक साधारण सभाबाट महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले उद्योग वाणिज्य महासंघको निर्वाचन वरिष्ठ उपाध्यक्ष पदका लागि बढी केन्द्रित हुने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ सरकारपछिको देशव्यापी सञ्जाल रहेकोे सबैभन्दा ठूलो निजी क्षेत्रको संस्था हो । यसले गर्दा पनि महासंघको निर्वाचनलाई सरकार तथा अन्य व्यवसायिक छाता संगठनहरूको समेत चासो रहेको हुन्छ । महासंघको निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा रहेका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायीद्वय चन्द्र ढकाल र किशोर प्रधानको प्यानल चुनावी मैदानमा रहेका छन् । ढकाल र प्रधान दुबैले आ–आफूले जित्ने दाबी गर्दै आएका छन् । तर निर्वाचनमा कसले बाजी मार्ने भन्ने कुरा निर्वाचन पश्चात मात्रै थाहा हुनेछ ।

महासंघको ५४ औँ साधारण सभामार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उमेद्वारी दिएका छन् । महासंघको निर्वाचन समितिका अनुसार बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु सहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उमेद्वारी परेको हो ।

चन्द्र ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एसोसिएटतर्फ रामचन्द्र सांघाईको उमेद्वारी रहेको छ भने किशोर प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ सौरभ ज्योतिको उमेद्वारी रहेको छ । महासंघको निर्वाचनमा एसोसिएटतर्फको १९ पदका लागि ३३ जना, जिल्ला नगरतर्फको कुल १८ पदका लागि ३८ जनाको उमेद्वारी रहेको छ । वस्तुगततर्फको अन्य १४ सदस्य पदका लागि २९ जना र संस्थापक सदस्यबाट ३ जनाको उमेद्वारी रहेको छ ।

त्यस्तै, महासंघको जिल्लानगरतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् ।

वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघले पनि मतदान गर्न पाउने छन् । जसमा १२ वटा सदस्यहरु रहेका छन् । यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन् । महासंघमा संस्थापक सदस्य तथा संघ संस्थाहरु १२ रहेका छन् ।

प्रधान समुहले आगामी महासंघको वरिष्ठ उपाध्यक्ष पदसहित प्यानलले नै जित्ने दाबी गरेको छ । प्रधान समुहका एसोसिएट उपाध्यक्षका उमेद्वार सौरभ ज्योतिले आफ्नो टिममा अनुभवी, महासंघमा ३ कार्यकाल, २ कार्यकाल र १ कार्यकाल काम गरिसकेका देखि नयाँ युवा नेतृत्वसम्म समेटेर एउटा सबल र सक्षम टिम बनाएको दावी गरेका छन् । विभिन्न क्षेत्रको अनुभव भएका विगतदेखि महासंघमा तथा व्यवसायी क्षेत्रमा राम्रो योगदान गरेका र सामाजिक काममा पनि उत्तिकै योगदान पुर्याएका व्यवसायीको समुह महासंघको आगामी कार्यकालमा आफ्नो भिजन अगाडि बढाउन सक्षम रहेको भावी अध्यक्ष शेखर गोल्छाले विस्वास गरेको समेत उनले बताएका छन् ।

आ–आफ्नो व्यवसायमा अब्वल रहेका र समाजमा राम्रो छवि कायम गरेका उद्यमी व्यवसायीको समुहले एशोसिएट सदस्यको एजेण्डा राम्रोसँग बुझेका र ठूला व्यवसायदेखि मझौला सबै व्यवसायीको प्रतिनिधित्व प्रधान समुहमा भएकोले मतदाताको विश्वास प्राप्त गर्न सजिलो रहेको ज्योतिले बताए ।

‘सबैको अनुभवलाई महासंघ र व्यवसायीको हितमा काम गर्न प्रयोग गर्नु हाम्रो पहिलो प्राथमिकता हो, हाम्रो टिम नै उद्योग व्यवसाय गर्ने वातावरणलाई अझ सहज र सबल बनाउन आफ्नो समय र अनुभव दुवैको योगदान गर्न तयार रहेको छ ।’ एसोसिएटतर्फको सदस्य पदका उमेद्वार रन्जीतराज आचार्यले भने । त्यस्तै, विभिन्न उद्योग, सेवा, ट्रेडिङ, कन्सल्टिङ, आयात निर्यात, ट्राभल, होटेल, निर्माण, हाइड्रोपावर, रियल स्टेट इत्यादि सबै क्षेत्रको अनुभव भएका उमेद्वारको समुह बनेकोले पनि परिणाममुखी काम गर्न सक्ने एसोसिएट सदस्यका उमेद्वार प्रबल जंग पाण्डेले बताए ।

यस्तो छ सौरभ ज्योतिको टिम
१.एसोसिएट उपाध्यक्ष उमेद्वारः सौरभ ज्योति

सौरभ ज्योति चिनाई राख्नु पर्ने नाम होइन । नेपाल उद्योग वाणिज्य महासंघमा विगत १२ वर्षदेखि काम गरिसकेका व्यक्ति हुन् , उनी । उनी नेपाली अटो मोबाइल कम्पनीको छाता संस्था (नाडा)को अध्यक्ष समेत भइसकेका साहसी र प्रष्ट वक्ता समेत हुन् । ज्योति ग्रुप विगत ५ दशकदेखि व्यापार व्यवसाय तथा सेवा क्षेत्रमा सक्रिय रहेको छ । सौरभ ज्योतिसँग महासंघमा विगत ९ वर्षदेखि विभिन्न विभागको सक्रिय कार्यसमिति सदस्य तथा समितिको सभापति समेत भएर काम गरिसेकेको कार्य अनुभव छ । त्यस्तै ज्योतिले नेपालको व्यवसायीक विभिन्न छाता सङगठनहरुको अध्यक्ष भएर काम गरिसकेका छन् । उनीसँग नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)को अध्यक्षदेखि नेपालमा १८ वर्षको उद्योग, व्यापार व्यवसायको कार्य अनुभव रहेको छ ।

२.कृष्णप्रसाद दुलाल
कृष्णप्रसाद दुलाल महासंघको निर्वाचनमा ओटोमोवाइल्स व्यवसायीहरुको प्रतिनिधित्व गर्दै एसोसिएटतर्फ सौरभ ज्योति समुहबाट सदस्यको उमेद्वार बनेका छन् । दुलाल कलश अटो प्रालि, मेगा लुब्रिकेन्ट, दुलाल ब्रदर्स, पूर्वाञ्चल ल्युब आयल, नेपालीरिका होटल प्रालि तथा सत्कार मेसिनरीमा आवद्ध रहेका छन् । दुलाल वर्तमान नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष समेत हुन् । दुलालले अटोमोबाइल्स क्षेत्रको विकास तथा प्रवद्र्धनमा ठूलो भूमिका खेल्दै आएका छन् ।

३.प्रवलजङ्ग पाण्डे
पाण्डे नेपालको पायोनियर व्यावसायी हुन् । उनी नेपालको व्यवसायीक घराना लोमस ग्रुपका निर्देशक समेत हुन् । पाण्डेको बैंक तथा वित्तीय संस्था लगायत औषधि, सिमेन्ट, हाइड्रोपावर, हेल्थकेयर, अटोमोबाइल्स् क्षेत्रमा लगानी रहेको छ । उनले यी सबै क्षेत्रमा संग्लनता रहेर नेपालको व्यापार व्यवसायमा योगदान दिदै आएका छन् । पाण्डले महासंघको कार्यकारिणी सदस्यको रुपमा पनि यस अगाडि नै काम गरिसकेका छन् ।

४.शाहिल अग्रवाल
शाहिल अग्रवाल पनि पायोनियर व्यवसायी हुन् । उनी नेपालको व्यवसायिक घराना शंकर गु्रपका प्रवन्ध निर्देशक हुन् । अग्रवालको स्टिल, सिमेन्ट, खानी, उर्जा, एफएमसीजी, कृषि, टोबाको, स्प्रिट, अटोमोबाइल्स, प्लाष्टिक, टेक्सटाइल, हस्पिटालिटी, रियलस्टेट लगायत अन्य धेरै क्षेत्रमा लगानी रहेको छ । अग्रवालले महासंघमा एसोसिएट्तर्फबाट यस अगाडि पनि कार्यसमितिमा बसेर काम गरिसकेका छन् ।

५.राजेशकुमार अग्रवाल
राजेशकुमार अग्रवाल सिद्धार्थ ग्रुप, अर्घाखाँची सिमेन्ट, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल उद्योग, सिद्धार्थ मिनरल, श्री स्टिल, एक्सन पोलिमार, एसिएन कंक्रिटो लगायत क्षेत्रमा आवद्धता रहेको छ । यसरी दर्जनभन्दा बढी उद्योगमा आवद्ध भएर अग्रवालले व्यवसायीको हक हितको लागि लड्दै आएका छन् । व्यापार व्यवसायमा रहेका विभिन्न नीतिगत अप्ठयारा, सरकारको व्यवसायीहरुलाई गर्ने व्यवहार परिर्वतन गर्नु पर्छ भन्ने विषयमा अग्रवाल सधैं खरो रुपमा उत्रिरहने व्यक्ति हुन् ।

६.विजयसिंह वैद्य
विजय सिंह वैद्य शालिमार घरानालाई सफल बनाउने व्यक्ति हुन् । उनी शालिमार ग्रुपमा आवद्ध रहेका छन् । उनी शालिमार व्यवसायका सफल व्यवसायी पनि हुन् । उनले शालिमार सिमेन्ट, शालिमार स्टिल, शालिमार पूmड तथा हस्पिटालिटी र शालिमार होम्स प्रालिको सफल नेतृत्व गरिसकेका छन् ।

७. शैलेन्द्र गुरागाई
शैलेन्द्र गुरागाई जलविद्युतको विकास प्रवद्र्धनमा अहोरात्र लागिरहने व्यक्ति हुन् । एनगडी ग्रुप, सुपर एनगडी हाइड्रोमा आवद्ध रहेका छन् । उनी जलविद्युत क्षेत्रमा लामो समयदेखि आवद्ध रहेका छन् ।

८.ज्योत्सना श्रेष्ठ
ज्योत्सनाले होटल मेची क्राउन झापा, मेरिगोल्ड ज्वेलर्स, एसजेएस इन्टरनेशनल प्रालि, श्री सयपत्री ज्वेलर्स र गजुर ट्रेड इन्टरनेशनल प्रालि सञ्चालन गर्दै आएकी छिन् । उनले महासंघमा दुई कार्यकाल बसेर काम गरिसकेकी छिन् ।

९.अशोक कुमार टेमानी
महासंघभित्र बसेर नीति निर्माण तहमा धेरै राम्रो काम गर्ने व्यक्तिमा पर्छन् टेवानी । साथै उनी व्यवसायिक रुपमा पनि सफल व्यक्ति हुन् । उनले यासा ग्रुप अफ कम्पनिज्, यासा केमिकल उद्योग, ए एण्ड ए रियल स्टेट डेभलपर्समा उनको संलग्नता छ ।

१०.रञ्जीतराज आचार्य
आचार्य उद्योग व्यवसायमा सफल व्यवसायी हुन् । उनले प्रिज्मा एड्भटाईजिङ, निलबाराही फिल्म्स प्रालि, स्पार्क टेक्नोलोजी लगायतका संंस्थामा आवद्ध भएर काम गरिरहेका छन् । आचार्यले महासंघभित्र यस अगाडि नै नीतिगत र कार्यान्वयन तहमा बसेर काम गरेका छन् ।

११.आनन्द बगरिया
बगरिया कृषिक्षेत्रको प्रतिनिधित्व गर्दै उमेद्वार बनेका छन् । उनले कृषिक्षेत्रमा व्यवसायिक रुपमा काम गर्ने व्यक्ति हुन् । उनी निम्बस गु्रपलाई देशभर आफ्नो सञ्जाल विस्तार गरिरहेका छन् । उनले महासंघमा बसेर कृषि क्षेत्रको व्यवसायिकरण गर्ने काम गरिरहका छन् ।

१२.मङ्गेशलाल श्रेष्ठ
मङ्गेश युवा उद्यमी हुन् । मङ्गेश कास ग्रुप अफ कम्पनीका निर्देशक हुन् । उनी बैंक तथा वित्तीय संस्था, आइसीटी, डेटा सेन्टर, क्लाउड टेक्नोलोजी, फिनटेक, हेल्थकेयर, इन्टरनेशनल बिजनेस लगायतमा आवद्ध छन् ।

१३.सुनिल नारायण श्रेष्ठ
नारायणी इन्डष्ट्रियल एण्ड ट्रेडिङ हाउस, उत्पादनमुलक, पेट्रोलियम प्रडक्ट, होटल, बैंक तथा इन्स्योरेन्समा श्रेष्ठ आवद्ध छन् ।

१४.हेमन्त गोल्छा
गोल्छा अर्गनाइजेसन, रेमिट्यान्स, रियल स्टेट, अटोमोबाइल र कन्ट्रक्सन इक्वीपमेन्टमा आवद्ध छन् ।

१५ शक्ति कुमार बेगानी
बेगानी ग्रुप, खाद्य उद्योग, स्टिल, प्लास्टिक, रियल स्टेट, वित्तीय क्षेत्रमा उनको संलग्नता छ । त्यसैगरी गणपति ज्वेलर्सको प्रमुख कार्यकारी पनि हुन् उनी ।

१६.उदीप श्रेष्ठ
श्रेष्ठ नेपालको प्रतिष्ठित व्यवसायिक घराना पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशन हुन् । उनी युवा उद्यमी मञ्चको उपाध्यक्षसमेत रहेका छन् । श्रेष्ठ स्टिल, उर्जा, कृषि, अटोमोबाइल्स्, रियल स्टेट लगायतमा क्षेत्रमा आवद्धता छ ।

१७.मदनलाल जोशी
उनी फर्निचर ल्याण्ड स्टोर, गोदावरी फरेस्ट होटेलमा आवद्ध छन् । उनी चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]