
१५ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा ओखलढुंगामा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाकाे सुनकाेशी गाउँपालिका-९ बस्ने ३३ वर्षीय भाेला कटवाल रहेका छन् । कटवालले ती किशोरीलाई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेस्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुधबार दिउँसाे पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।