कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका-४ जाँई बस्ने १६ वर्षीय किशोरलाई शनिबार पक्राउ गरेको छ ।
ती बालिकालाई ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाइ प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।