२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

दाङको तुलसीपुरमा एक महिलाले धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या गरेकी छिन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले आफ्ना ७८ वर्षीय श्रीमान् खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार गएराति २ बजेतिर उक्त घटना भएको हो। धारिलो हतियार तथा दाउरा प्रयोग गरी हत्या गर्ने देवीकुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेको उनले बयान दिएकी छिन्। घरायसी विवादका कारण घटना भएको भनिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]